गोरखाको तान्द्राङमा बस दुर्घटना, २१ जना घाइते

साझा प्रेस
50
Shares

गोरखाको भिमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाटतर्फ जाँदै गरेको गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा बिहान करिब साढे ५ बजे दुर्घटनाग्रस्त भएको हो ।

बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बस सडकबाट करिब ४ मिटर तल खसेको हो । ब्रेक फेल भएको कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।