संकटमै सफल बन्दै आमा सहकारी, कूल पुँजी १३ करोड ४० लाख नाघ्यो

तेस्रो वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट बचतकर्ता र एसइइ उत्कृष्ट विद्यार्थीसम्मान

साझा प्रेस
7.4k
Shares

देशभर सहकारी संकट बढिरहेका बेला काठमाडौंको बौद्ध स्थित आमा बचत तथा ऋण सहकारी संस्थाले भने संकटमै सफलता हासिल गरिरहेको छ । सहकारीका बचत कर्ताहरुले आफ्नो रकम फिर्ता नपाएको, सञ्चालकहरु फरार भएको र सहकारी ठगीमा विशिष्ठ व्यक्तिहरु जोडिएर देशैभरका सहकारी एकैपटक तहसनहस भईरहेकै समयमा कुशल व्यवस्थापन र सदस्यमैत्री सेवा दिन नछाडेको आमा सहकारीले भने यस संकटकै बीच सफलता पहिल्याएको हो ।

बौद्ध क्षेत्रमा स्थायी बसोबास र व्यवसाय गर्ने व्यक्तिहरुले सञ्चालन गरेको आमा बचत तथा ऋण सहकारीमा पछिल्लो समय सदस्यता लिने र कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ ।

आमा बचत तथा ऋण सहकारी जिम्मेवार, जवाफदेही र पारदर्शी वित्तिय संस्थाका रुपमा विकास गरिएकाले सदस्यहरुको पहिलो रोजाईको संस्था बनाउन सफल भएको अध्यक्ष रामबहादुर कट्वालको भनाई छ । पछिल्लो समय राष्ट्रियस्तरमै सहकारी क्षेत्र बद्नाम र अपारदर्शी बनेको आरोप लागिरहँदा आमा सहकारी निर्विवाद सदस्यहरुको आर्थिक विकास, सहकारीको संस्थागत विकास र सामाजिक उत्तरदायित्वका सवालमा पनि सहकारीले योजनावद्ध काम गरिरहेको अध्यक्ष कट्वालको दावी छ । उनका अनुसार अरु सहकारीहरु धमाधम बन्द हुँदा आमा सहकारीका सदस्य र कारोबार बढेको छ । मासिक ५० लाख भन्दा बढीको ऋण लगानी र करोडौं कारोबार गर्दै पारदर्शी, व्यवस्थित रुपमा सदस्यतप्रति उत्तरदायी रहेको आमा सहकारी संस्थालाई विश्वास गरेर जोडिएका हजारौँ सदस्यहरुको भरोषा अटुट राख्दै थप अग्रगामी सोचका साथ अघि बढ्ने योजना रहेको अध्यक्ष कट्वालले साझा प्रेससँग बताए ।

कोषाध्यक्ष केदार कट्वालका अनुसार आमा सहकारीको कुल १३ करोड ४० लाख ३ हजार ५ सय ६० मुल पुँजी पुगेको छ । सहकारीबाट ३ हजार ७७ जना सदस्यले नियमित सेवा लिइरहेका छन् ।

गतविगतको तुलनामा पछिल्लो १ वर्षमा आमा सहकारीको सदस्यता वृद्धि र आर्थिक कारोबारमा थप सुधार आएको व्यवस्थापक सुजन लामीछानेले बताए ।

सचिव सुरेश काफ्लेले सहकारी क्षेत्र सबै खराब छैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै आमा सहकारीले सदस्यको सन्तुष्टि बढाएर काम गर्ने बताए । सदस्यको प्रत्यक्ष सहभागिता र रायका आधारमा चलेका कारण आमा सहकारी भिन्न पहिचानसहित स्थापित हुन सफल रहेको बताए ।

तेस्रो वार्षिक साधारणसभा सम्पन्न

आमा बचत तथा ऋण सहकारी संस्थाले तेस्रो साधारणसभा सम्पन्न गरेको छ । विगत भन्दा परिस्कृत र प्रविधिमैत्री कार्यक्रम गरेर आमा सहकारीले साधारणसभा गरेको हो ।

बौद्धमा आयोजित साधारणसभामा संस्थाको परिचय र कार्यप्रगतिसहितको श्रव्यदृश्य सामाग्री, प्रोजेक्टर मार्फत आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रश्तुत गरिएको थियो । सदस्यहरुको व्यक्तित्व  विकासका लागि विज्ञद्धारा चेतनामूलक मनोपरामर्श र सहकारीका नियमित आम्दानी खर्चको अनुमोदन, आगामी कार्यक्रम पारित गरिएको थियो ।

आमा सहकारीले एसइइमा उत्कृष्ट अंक ल्याउने सहकारीको सदस्यता सन्ततिलाई सम्मान समेत गरेको छ ।

सचिव सुरेश काफ्लेले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष केदार कट््वालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष रामबहादुर कट्वालले संस्थालाई थप व्यवस्थित र परिस्कृत बनाउने कार्ययोजना प्रस्तुत गरेका थिए । हालसम्मका अनुभवका आधारमा समयको माग र सदस्यको आवश्यकता अनुसार सहकारीले संस्थागत गतिविधि र सामाजिक उत्तरदायित्वका काम समेत गर्ने अध्यक्ष कट्वालले बताए ।

साधारणसभाका वत्ताहरुले सदस्यमैत्री सेवा र सञ्चालकप्रति सदस्यको भरोषाका कारण सहकारी संकटका समयमा झन आमा सहकारीले आफ्नो पहिचान स्थापित गराएको र आगामी दिनमा थप व्यवस्थित कार्यक्रम ल्याएर देशकै नमूना सहकारी बनाउन सुझाव बताएका थिए । कार्यक्रम आमा सहकारीका संस्थापक अध्यक्ष टंकप्रसाद लुईंटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

विक्रम् संवत २०६५ बैशाख १३ गते स्थापना भएको यो सहकारी विभिन्न आरोह अवरोह पारगर्दै १८ औं वर्षमा प्रवेश गरेको छ ।

काठमाडौं जिल्ला भित्र कार्यक्षेत्र रहेको आमा सहकारी बौद्ध क्षेत्रका व्यवसायी र उद्यमीहरुको साझा संस्था बनेको छ ।

आमाकै नामबाट स्थापित यो सहकारी आफ्ना सदस्यहरुको आर्थिक सवलिकरणका लागि आमा सरहकै बनेको छ । आर्थिक उपार्जनको लक्ष्य लिएकाहरु आमा सहकारीको साथ लिएर व्यवसायमा लागेका छन् । सहकारीबाट थोरै ऋण लिएका सदस्यहरुले ठुलो व्यवसाय सञ्चालन गर्दै मनग्य आम्दानी गरिरहेका छन् ।

पैसा भएका बेला राख्न र चाहिएका बेला झिक्न सकिने, बचतमा आकर्षक व्याज पाइने, ऋण लिने प्रकृयायामा सहजता र सहुलियत हुने भएकाले पनि आमा सहकारीका सदस्यहरु निर्धक्क कारोबार गरिरहेका छन् ।

प्रविधि र सदस्यमैत्री सेवा आमा सहकारीको मुख्य विशेषता हो ।

सेवा लिएका सदस्यहरु त खुसी छन् नै सहकारी क्षेत्रकै अगुवाहरुले पनि आमा सहकारीको व्यवस्थापकीय पक्षलाई आदर्श मानेका छन् ।

सहकारी सिद्धान्त, मूल्य मान्यता, संस्थाको विनियम र सरकारी मापदण्डका आधारमा चलेको आमा सहकाररीले सदस्यले गरेको सानो बचतलाई पनि ठूलो सम्भावना र अवसरमा परिणत गर्ने गरेको छ ।

हेर्नुहोस् आमा सहकारीको साधारणसभामा प्रस्तुत प्रतिवेदन