रौतहटमा सुटकेसभित्र भेटिएकी युवतीको परिचय खुलेको छ

नुतन श्रेष्ठ
0
Shares

रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडक किनारमा सुटकेसभित्र फेला परेको महिलाको शवको सनाखत खुलेको छ।

प्रहरीका अनुसार, सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएकी ती महिला गौर–२, महादेवपट्टी बस्दै आएकी २६ वर्षीया रुवीकुमारी साह हुन्। उनको विवाह भारतको मजफ्फरपुरमा भएको भए पनि हाल माइतीतर्फ बस्दै आएकी थिइन्।

पारिवारिक स्रोतका अनुसार, रुवीकुमारी बुधबार साँझ ६ बजे ब्युटीपार्लर जाने भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि राति गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिक सुटकेसभित्र उनको शव फेला परेको हो।

घटनापछि इलाका प्रहरी कार्यालय गौरले शवको पहिचान गरी थप अनुसन्धान थालेको छ। हाल शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।