प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो समेत पोष्ट गरेका छन् । ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो‘ प्रधानमन्त्री ओलीले लेखेका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियतापूर्वक लागेको छ । विपिनका आमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्रीलाई भेटेका हुन् ।
‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन’, ओलीले लेखेका छन्।
तनहुँ जिल्लाका २२ वर्षीय विपिन उच्च शिक्षा र रोजगारीका लागि इजरायल गएकामा उहाँ गत वर्ष अक्टोबरमा हमास आतङ्ककारी समूहको आक्रमणपछि अपहरणमा परेको पुष्टि भएको थियो ।
आक्रमणमा नेपालका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । त्यही घटनामा विपिनलाई हमासले अपहरण गरेर लगेको थियो । त्यसपछि उनको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ ।
प्रतिक्रिया