एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक भोलि

साझा प्रेस
650
Shares

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक भोलि बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यममार्फत बस्ने भएको छ।

जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाका अनुसार बैठकमा नेकपा एमालेको विधान महाधिवेशनमा पेश हुने संशोधन प्रस्ताव प्रस्तुत गर्ने र त्यसबारे सुझाव संकलन गर्ने कार्यसूची तय भएको छ।

यस्तै, बैठकमा केन्द्रीय कमिटी र कोशी प्रदेश कमिटीको अन्तर कमिटी निर्देशन पेश हुने अध्यक्ष बास्तोलाले जानकारी दिए । बैठकमा जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरू, कोशी प्रदेश कमिटीका सचिव, केन्द्रीय तथा प्रदेश विभागीय सल्लाहकार परिषद्, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष, जिल्ला लेखापरिक्षण कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, सोलुखुम्बु जिल्लाबाट जनसंगठनको केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्य, जनसंगठनका जिल्ला अध्यक्ष तथा निर्वाचित वडा अध्यक्षहरूको उपस्थितिमा बैठक सञ्चालन हुने जानकारी दिइएको छ।