‘ओगानेम–दरबार’ बारे गहन अनुसन्धान प्रतिवेदन तयार

साझा प्रेस
0
Shares

लेखक हिमाल गिरीले थुलुङ राई जातिको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको रूपमा रहेको ‘ओगानेम–दरबार (गढी)’ सम्बन्धी गहन अनुसन्धान प्रतिवेदन तयार पारेका छन् ।

गिरीले लामो खोज तथा अनुसन्धानपश्चात तयार पारेको अनुसन्धान प्रतिवेदन पुरातत्व विभाग र सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा पेस गरेको बताएका छन् ।

प्रतिवेदनमा दरबारको ऐतिहासिक महत्त्व, भौतिक संरचना र विशेषता, साथै सांस्कृतिक प्रभावलाई विस्तृत रूपमा समेटिएको छ। अनुसन्धानअनुसार, यो दरबार थुलुड राई जातिको इतिहाससँग गहिरो सम्बन्ध राख्छ र समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

प्रतिवेदनले दरबारको पुरातात्विक तथा कलात्मक शैली, त्यस समयको निर्माण प्रविधि र प्राचीनताको विवरण प्रस्तुत गरेको छ । साथै, यस स्थानले थुलुङ राई समुदायको संस्कृति, परम्परा र सामाजिक जीवनमा पारेको प्रभावलाई पनि समावेश गरिएको लेखक गिरीले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

यो अनुसन्धानले थुलुङ राई जातिको इतिहास, संस्कृति र पहिचान संरक्षणमा आवश्यक सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।