राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनी पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्।
मोफसलदेखि राजधानी काठमाडौँसम्मका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका राईले पत्रिका, रेडियो र अनलाइन समाचार प्लेटफर्ममा योगदान पुर्याएका छन्। साथै, उनी तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकका रूपमा पनि कार्यरत रहिसकेका छन्।
प्रतिक्रिया