संघीय संसद्का चार वटा स्थायी समितिहरूको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज हुनेछ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गरिनेछ ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुनेछ ।
त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ का तयारी र विषयमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा भने ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी सैद्धान्तिक छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया