नेपाली क्रिकेट टोलीलाई डार्विन टप एण्ड टी–२० सिरिजका लागि भव्य बिदाइ

साझा प्रेस
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाको डार्विनमा हुने प्रतिष्ठित टप एण्ड टी–२० सिरिज खेल्न प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार विशेष समारोहमार्फत बिदाइ गरेको छ।

टोली सोमबार डार्विनतर्फ उडान भर्नेछ। सिरिज अगष्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ, जसमा पाकिस्तान र बंगलादेशका ए–टिमसहित विभिन्न टप टोलीहरूको सहभागिता रहनेछ। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

क्यानका अनुसार यो प्रतियोगितालाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट को तयारीको रूपमा लिइएको छ।

नेपाली टोली

  • कप्तान: रोहित पौडेल
  • उपकप्तान: दिपेन्द्र सिंह ऐरी
  • खेलाडीहरू: सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, शाहव आलम

यस सिरिजमा नेपाली टोलीको प्रदर्शनलाई क्रिकेटप्रेमीले उत्सुकतापूर्वक हेर्ने अपेक्षा गरिएको छ। नेपालका खेलाडीहरू विश्वस्तरको प्रतिस्पर्धामा आफ्नो कौशल देखाउँदै आगामी विश्वकप छनोटका लागि आत्मविश्वास बढाउने लक्ष्यमा छन्।