दूधकुण्डमा निःशुल्क स्वास्थ्य शिविर, ६७२ भक्तजनको स्वास्थ्य परीक्षण

साझा प्रेस
2.4k
Shares

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण सहयोगमा दूधकुण्ड क्षेत्रमा तिर्थयात्रीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

श्रावण २३ गते पहिलो दिन कामुडाडामा १२३ जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो। दोस्रो दिन जम्लयाहा खोला, गाम्टाङ, सहस्र बेनि लगायत स्थानमा बाटैबाट १९४ जनाले सेवा लिएका छन्। सोही दिन राति र जनैपूर्णिमाका दिन गरी जम्मा ३५६ जनालाई उपचार र औषधि वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी, सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले जानकारी दिए।

शिविरमार्फत नेपाली सेनाले उद्दार गरेका पाँच यात्रुको समेत उपचार गरिएको छ। कोषाध्यक्ष सुरेश खड्काको नेतृत्वमा दुई स्वास्थ्यकर्मी सहित १२ जनाको टोली खटिएको थियो।नागपंचमीदेखि अहिलेसम्म करिब ३,००० यात्रुले दूधकुण्ड क्षेत्र भ्रमण गरेका छन्।