साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात

साझा प्रेस
50
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताएका छन् । 

प्रधानमन्त्री ओलिले आफ्नो सामाजिक संजाल मार्फत विगतमा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा सुनिश्चित हुन सकेको थिएन । तर अब उद्योगहरूमा पनि विद्युत् प्रवाह बढाइएको छ। प्रधानमन्त्री ओलीको फेसबुक पेजमा भनिएको छ, ‘हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ, विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ, हामीले यस वर्ष साढे ४ अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्न सफलता पाएका छौँ ।

’यो उपलब्धिले नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र निर्यात क्षमता बढ्ने विश्वास जगाएको प्रधानमन्त्रीकाे भनाइ छ ।