एमाले तिङ्लाले बुझायो जलबिद्युत आयोजनालाई ध्यानाकर्षण पत्र

साझा प्रेस
11k
Shares

नेकपा एमाले, सोलुदुधकुण्ड नगरपालिका ११ नं. वडा कमिटी, तिङ्लाले तल्लो सोलु जलबिद्युत आयोजनाको कार्य प्रगतिसँगै हालसम्मका आयव्यय सार्वजनिक गर्न माग गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङ्लामा संचालित ८२ मेगावाट क्षमताको सो जलविद्युत आयोजनाले हालसम्म सामाजिक उत्तरदायित्वको कार्यमा समेत उदासिनता देखाएको भन्दै एमाले वडा कमिटीले सोमबार ध्यानाकर्षण पत्र कम्पनीका पब्लिक रिलेशन अफिसर कृष्ण चौधरीलाई ध्यानाकर्षण बुझाएको हो । वडा ईन्चार्ज नरबहादुर कटुवाल तथा वडा कमिटी अध्यक्ष कुमार कार्कीको संयुक्त हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘आयोजनाले तिंला क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पार्ने हुँदा यस आयोजनाबाट स्थानिय जनतालाई प्राप्त हुने सामाजिक उत्तर दायित्व अन्र्तगतको सेवासुविधाका साथै रकमका बिषयमा स्थानियको जिज्ञासा, आशंका तथा असन्तुष्टि रहेको छ ।’

त्यस्तै आयोजना संचालनका लागि परिचालित आर्थिक कारोबारको समेत स्पष्टता नरहेको भन्दै स्थानिय माझ आयव्यव बिबरण समेत सार्वजानिक हुनुपर्ने उनिहरुको माग रहेको छ । आयोजना संचालन पश्चात सामाजिक उत्तरदायित्व अन्र्तगत पर्ने शिक्षा, स्वास्थ्य, भौतिक सुधार एवं वातावरणिय कुराहरुमा सामान्य काम बाहेक अन्य उल्लेखनिय कार्य केही पनि नभएको गुनासो ध्यानकर्षण पत्र मार्फत उल्लेख गरिएको छ । यदि यस मागको सम्बोधन तत्कालै नभएका आयोजनाका उद्घाटन लगायतका अन्य कार्य ठप्प पार्ने चेतावनी समेत दिईएको छ ।

ध्यानाकर्षण पत्र बुझेपछि आयोजनाका पब्लिक रिलेशन अफिसर चौधरीले आयोजनाको आयव्यव सबै पारदर्शी नै रहेको तथा हरेक क्रियाकलापको लेखा परिक्षण हुने भएकाले त्यस सम्बन्धि जानकारी तथा दस्तावेज वडा कार्यालय मार्फत उपलब्ध गराउने बताए । उनले हालसम्मको आयोजनाको आय तथा व्ययको बिबरण वडा अध्यक्षलाई चाँडै उपलब्ध गराउने बताएको नेकपा एमाले ११ नं. वडा कमिटी अध्यक्ष कुमार कार्कीले बताए ।

सामाजिक उत्तरदायित्व अन्र्तगत केही कार्यहरु भईसकेको बताउँदै चौधरीले अन्य बाँकी रहेका कार्य र रकम सुरक्षित नै रहेको जानकारी दिए । उनका अनुसार तिंला क्षेत्रका आयोजना प्रभावित स्थानियहरुको सहमति पश्चात सो रकम कहाँ कसरी खर्च गर्ने भन्ने टुंगोमा पुग्ने स्पष्ट पारे । सामाजिक उत्तर दायित्वका बाँकी कार्य अगाडी बढाउन प्रभावित घरधुरीलाई एकमुष्ट रुपमा सहमति गरेर आयोजनामा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

वडालाई अर्को ध्यानाकर्षण

यसैबिच सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ मा रहेको कँडेनी झोडेनी वन उपभोक्ता समिति गठन गर्नका लागि समेत वडा कार्यालयलाई दबाब दिएको छ । आज नै वडा नं. ११ का अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै गत चैत्रमा नै यसअघिको उपभोक्ता समितिको कार्यावधि समाप्त भएकाले तत्कालै भेला बोलाई समिति गठन गर्न माग गरेको हो ।

सो ध्यानार्षण पत्र मार्फत नै वन उपभोक्ता समितिकोे विधानको दश बर्षे अवधि समाप्त भएकाले बिधानलाई पनि परिमाजिर्त गराइनु पर्ने माग गरिएको वडा कमिटी अध्यक्ष कार्कीले बताए ।

उपभोक्ता समिति गठनका बिषयमा वडा अध्यक्ष टंक कार्कीले चाँडै नै भेलाको आयोजना गरि समिति गठन लगायतका यससँग सम्बन्धित कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।