नेकपा एमाले ओखलढुंगाले जिल्लाका आठवटै पालिका कमिटी अध्यक्ष, सचिव र उप–सचिवका लागि नेतृत्व क्षमता विकासको तालिम दिएको छ । पार्टी जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभागको आयोजनामा तालिम शुक्रबारदेखि चिसंखुगढी गाउँपालिका, खानीभञ्ज्याङमा सुरु गरिएको हो ।
नेकपा एमाले जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजिव कट्वालका अनुसार तालिममा जिल्लाका सबै आठ पालिकाबाट अध्यक्ष, सचिव र उपसचिवहरूको सहभागिता छ ।
स्थानीय तहका पार्टी कमिटी अध्यक्ष र सचिव तथा उप–सचिवहरुको उद्घोषणकला, नेतृत्व, कार्यक्षमता, निर्णय क्षमता तथा दूरदृष्टि अभिवृद्धि गर्दै नेतृत्व कलाको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनको भनाई छ ।
तीन दिनसम्म चल्ने तालिमले जिल्ला कमिटीसँग पालिकाहरूबीच समन्वय र सहकार्य बढाउनुका साथै संगठन सुदृढीकरण र कार्यदिशा स्पष्ट पार्न समेत सहयोग पुग्ने गरी प्रेस चौतारी नेपालका अनुशासन आयोगका सचिव संगम महत र चिव केन्द्रीय सचिवालय सदस्य निरजराज जोशीले प्रशिक्षण दिइरहेका छन् ।
ओखलढुंगा एमालेका विभागहरु मध्ये प्रचार र स्कूल विभागले सकृयता बढाइरहेका छन् ।
प्रतिक्रिया