सुरज खडका राष्ट्रिय युवा संघ नेपाल दोलखाको संयोजकमा चयन

साझा प्रेस
1k
Shares

राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्लाको संयोजकमा सुरज खडका चयन भएका छन्। खडका यसअघि संगठनको विभिन्न तहमा जिम्मेवारी निर्वाह गरिसकेका अनुभवसहित संयोजक पदमा नियुक्त भएका हुन्।

संगठनात्मक पृष्ठभूमिमा हेर्दा, खडका २०७८ सालमा राष्ट्रिय युवा संघ नेपालको जिरी नगर कमिटी अध्यक्ष पदमा निर्वाचित भएका थिए। त्यसपछि २०८० सालमा उनी दोलखा जिल्ला सचिवको भूमिकामा चयन भएका थिए। संगठनको केन्द्रीय तहमा समेत उनले सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। विशेषतः संघको ९ औं र १० औं केन्द्रीय अधिवेशनमा प्रतिनिधिको हैसियतमा सहभागी भई कार्यदिशा निर्धारणमा योगदान दिएका थिए।

राष्ट्रिय युवा संघ नेपाल नेकपा (एमाले) निकट जनवर्गीय संगठन हो, जसले युवाहरूलाई संगठित गर्दै पार्टीको नीति, कार्यक्रम तथा विचार प्रवाह गर्ने कार्यमा अग्रसरता लिँदै आएको छ। खडकाको संयोजक चयनसँगै दोलखामा संगठनात्मक सुदृढीकरण, युवा परिचालन तथा नेतृत्व विकासमा थप गति आउने अपेक्षा गरिएको छ।

उनको चयनबारे जानकारी दिँदै संघका केन्द्रीय विभाग सदस्य विशाल काफ्ले खत्रीले खडकाले संगठनप्रतिको प्रतिबद्धता, निरन्तर सक्रियता र नेतृत्व क्षमताका आधारमा यो जिम्मेवारी प्राप्त गरेको बताए।