सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ खत्रीगाउँस्थित हर्कटे खोलामा आएको बाढीले एक जनाको ज्यान लिएको छ।
मृत्यु हुनेमा थुलुङ दुधकोशी–८, अम्रासका ३८ वर्षीय मिङ्मार तामाङ रहेका छन्। मंगलबार साँझ, तामाङ नेले हाटबाट घर फर्किने क्रममा मोटरसाइकलसहित खोलामा बगेर बेपत्ता भएका थिए। वडाध्यक्ष घनराज सुनुवारका अनुसार, पानीको बहाव बढेका कारण तामाङ चढेको मोटरसाइकल खोलाले बगाएको हो। स्थानीय बासिन्दाले मोटरसाइकल सडकबाट करिब २५ मिटर तल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्दा शव करिब ३०० मिटर तल फेला परेको वडाध्यक्ष सुनुवारले जानकारी दिए।मृतक तामाङको शव पोस्टमार्टमका लागि थुलुङ दुधकोशी अस्पताल, मुक्ली पठाइएको छ।
प्रतिक्रिया