माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB)ले केही बेर अघि मात्र औपचारिक रूपमा नतिजा सार्वजनिक गर्दै परीक्षार्थीहरूको समग्र प्रदर्शन विवरणसमेत सार्वजनिक गरेको छ ।
यस वर्षको परीक्षामा ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८,१७७ जना रहेको छ। यी विद्यार्थीहरूले A+ ग्रेड प्राप्त गरेका हुन्।
बोर्डले यस वर्षको नतिजा ग्रेडिङ प्रणाली अन्तर्गत सार्वजनिक गरेको हो। यस प्रणालीअनुसार विद्यार्थीहरूको मूल्याङ्कन A+, A, B+, B, C+, C, D, र NG (Not Graded) मा विभाजन गरिएको छ।
प्रतिक्रिया