एसईई नतिजा अन्तिम तयारीमा

बोर्ड बैठकले मिति तय गर्ने

साझा प्रेस
50
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

आज बस्ने बोर्डको बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय लिनेछ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, “नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो, तर केही मिडियामा जस्तो ५ बजे नै आउने भनेर टुंगो लागेको छैन। आजै बस्ने बैठकले मिति र समय निर्धारण गर्छ।”

हालसम्म बोर्डले बैठकको समय तोकेको छैन। तर स्रोतका अनुसार सम्भावित रूपमा दिउँसोभित्रै बैठक बस्ने सम्भावना छ।

यस वर्ष एसईई उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भयो, जुन शिक्षक आन्दोलनका कारण भएको हो। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूसँग सहमति गरेपछि मात्र परीक्षण कार्य अघि बढेको हो।


यस वर्ष परीक्षार्थी संख्या करिब ५.१४ लाख

२०७९ सालको तुलनामा यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ।

यो वर्ष परीक्षार्थी संख्या: ५,१४,०७१ जना

गत वर्ष (२०७९) परीक्षार्थी संख्या: ४,६४,७८५ जना