एसिसी पुरुष यु–१६ क्रिकेट

नेपालले २२ ओभरमा लियो ६ विकेट

नुतन श्रेष्ठ
100
Shares

मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले राम्रो शुरुवात गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भईरहेको खेलमा टस जितेर जापानले पहिला ब्याटिङ रोजेको छ ।

आफ्नो दोश्रो खेलमा नेपालले जापानलाई खुलेर खेल्न दिएको छैन । यो समाचार तयार पार्दासम्म नेपालले जापान तर्फको ६ विकेट हात पारिसकेको छ । २२ ओभरको खेलमा जापानले ७१ रन बनाएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई तथा जापानले भने भुटानलाई पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।