उदयपुरमा २ जनाको शव भेटियो

साझा प्रेस
50
Shares

उदयपुरमा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उनीहरुका मृत्युको कारण यकिन भइसकेको छैन । प्रहरीको अनुसार शव पोष्टमार्टमका लागि पठाइसकिएको छ र अनुसन्धान शुरु भएको छ ।