पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयनका लागि अध्यक्षमण्डललाई दिएको निर्देशनले अन्ततः मूर्तरूप पाउन सकेन।
अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले नेताहरूको सुझावका आधारमा केही नाम प्रस्ताव गरे पनि अध्यक्षका आकांक्षी प्रकाश पौडेल र दीपक धामीले स्पष्ट रूपमा चुनावको माग गर्दै प्रस्ताव अस्वीकार गरेपछि बन्दसत्रमा तनाव उत्पन्न भएको थियो।
‘सेलेक्सन मान्दैनौं, इलेक्सन चाहियो’ भन्दै असन्तुष्ट पक्षले नाराबाजी गरेपछि महाधिवेशनको बन्दसत्र स्थगित हुन पुगेको छ।
बन्दसत्रमा भएको नाराबाजी पशपश्चात निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ ।
आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ ।
प्रतिक्रिया