स्कटल्याण्डमा चलिरहेको आईसिसी विश्वकप लिग २ को अर्को खेलमा नेपालले आज पुनः नेदरल्याण्डसँग खेल्दैछ । नेपाली समयअनुसार अपरान्ह ३ः४५ मा शुरु हुने खेल नेपाल र नेदरल्याण्डबिचको अन्तिम एकदिवसिय खेल हो ।
यस श्रृखंलामा नेपालले ३ खेल खेलि सकेको छ जसमा २ वटामा जित हासिल गरेको छ भने एउटा खेल स्कटल्याण्डसँग पराजित भएको छ । नेदरल्याण्डले भने अहिलेसम्म खेलेको दुबै खेलमा हार ब्यहोरेको छ ।
अंकतालिकाअनुसार २२ खेलमा २६ अंक जोडेको नेदरल्याण्ड दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोड्दै सातो स्थानमा रहेको छ ।
प्रतिक्रिया