सेयर बजारको ओरालो यात्रा

साझा प्रेस
100
Shares

नेपाली सेयर बजार आज पनि ओरालो लागेको छ। नेप्से परिसूचक आज ३५.७३ अंकले घटेर २६५८.९३ मा अडिएको छ। सूचक १ दशमलव ३२ प्रतिशतले घटेको हो।

बजारमा गिरावटसँगै कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ९ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा, आज ६ अर्ब ६७ करोडमा सीमित भएको छ।

आज ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमा गिरावट आएको छ। सबै सूचक राताम्य बनेका छन्। बैंकिङ क्षेत्र सबैभन्दा धेरै प्रभावित भयो, जुन २ दशमलव ३४ प्रतिशतले घटेको छ।

अन्य घट्ने सूचकहरूमा विकास बैंक १.१४, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, र माइक्रोफाइनान्स १.२७ प्रतिशतले घटेका छन्।

राजनीतिक अन्योलताका कारण बजारमा अस्थिरता देखिएको बताइएको छ। लगानीकर्ताले मुनाफा बुक गर्न थालेपछि बजार झन् दबाबमा परेको हो।

यता, केही कम्पनीको मूल्य भने उल्लेखनीय रूपमा बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। उपकार लघुवित्तको मूल्य ५.५८ र नारायणी विकास बैंकको ३ प्रतिशतले बढेको छ।

अत्यधिक गिरावट भएको कम्पनीमा सप्तकोशी विकास बैंक अगाडि छ, जसको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ। त्यसैगरी बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकको सेयर पनि करिब ४ प्रतिशतले घटेका छन्।

आज कारोबारका आधारमा राधी विद्युत् कम्पनी, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मा, र बुटवल पावर कम्पनी अग्रस्थानमा रहेका छन्।