गृहमन्त्रीको राजीनामाको मागसँग जोडिएको राजनीतिक गतिरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ।
अब अर्को बैठक बुधबार जेठ २१ गते दिउँसो १ बजे बस्नेछ।
मंगलबार बिहान ११ बजेका लागि तोकिएको बैठक सुरुमा दिउँसो २ बजे सारिएको थियो । तर, विपक्षी दलहरूसँगको छलफलले सहमतिको मोड लिने नसकेपछि बैठक फेरि स्थगित गरिएको हो।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा निरन्तर अवरोध गर्दै आएका छन् । सत्ता र प्रतिपक्षबीचको संवादले निकास नपाएपछि बैठक नियमित सञ्चालनमा आउन सकेको छैन।
प्रतिक्रिया