महाकुलुङ गाउँपालिका, सोलुखुम्बुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ९ दिने आधारभूत तालिम शुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तथा महाकुलुङ गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त आयोजनामा प्रदान गरिएको सो तालिममा ५ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ ।
तालिममा सहभागिहरुलाई सामुदायिक स्तरमा सर्वसुलभ तरिकाले स्वास्थ्य सन्देश प्रदान गर्ने, रोकथाम हुन सक्ने रोगहरुलाई पहिचान गर्न सक्ने, गर्भावस्था, सुत्केरी अवस्थामा सही स्वास्थ्य परामर्श दिने लगायतका जानकारी प्रदान गरिने महाकुलुङका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया