जनसाँस्कृतिक महासंघको अध्यक्षमा भूमिका

साझा प्रेस
50
Shares

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो । महाधिवशेनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए ।

यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसाँस्कृतिक महासंघमा आवद्ध छिन् । उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङकी पत्नी हुन् ।

महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा होमराज सुवेदी, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवाश मल्ल र पदम रोकायलाई सर्वसममत चयन गरेको छ ।

महाधिवेशनको उद्घाटन बुधवार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।