आजको मन्त्रिपरिषद् बैठकले शिक्षकको माग सम्बोधन गर्नसक्ने

साझा प्रेस
50
Shares
File photo

शिक्षक आन्दोलनका बिषयलाई सम्बोधन गर्ने तयारीका साथ आज साँझ मन्त्रिपरिषद् बैठक बोलाईएको छ ।

आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

शिक्षक आन्दोलनका विषयमा विभागीय मन्त्रालयले केही दिनदेखि गरेको वार्ताका विषयमा ठोस निर्णय गर्ने गरी बैठक बस्न लागेको आंकलन गरिएको छ ।

सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र केहीमा केही माग संसदबाट टुङ्गाउनुपर्ने भएकोले पहिले मन्त्रिपरिषद्बाट टुङ्गाउनुपर्ने विषयहरु टुंगेमा परीक्षा सञ्चालनसहितका विषयमा सकारात्मक भएको प्रष्ट पारेको छ ।