दिउँसो पक्राउ परेका चौधरीले साँझ नपर्दै छुट्दै

साझा प्रेस
50
Shares

बुधबार दिउँसो एकाएक पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी साँझ नपर्दै छुट्ने भएका छन् ।

सर्वोच्च अदालतबाट नै चौधरीलाई न्युनतम सजाय समेत भुक्तान नभएको पाईएको भन्दै पत्र प्राप्त भएपछि जनमत पार्टीसँग पार्टी एकिकरणका लागि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पछि आएका समाचार तथा अन्य सुचनाका आधारमा पुनः सर्वोच्चले हालको पक्राउ शाखा अधिकृत महिमान सिंह विष्टको व्यक्तिगत ईच्छामा नियम बिपरित भएको पाईएकाले उनलाई तत्कालै रिहा गर्न सर्वोच्चले अर्को पत्र पठाएको छ ।

यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।