उपराष्ट्रपति र युरोपेली संघका राजदुतबिच भेटबार्ता

हाईड्रो तथा नविकरणीय उर्जामा लगानी गर्न इयूको ईच्छा

साझा प्रेस
50
Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छिन् । काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (इयु) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिँदै आएको बताए । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा इयुको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पु¥याएको बताए ।

‘सगरमाथा संवाद’ को महत्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको सम्वाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौँमा हुने जानकारी गराए ।

नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो । राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा इयु लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेस प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेस प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने जानकारी दिईन् ।