जनसांस्कृतिक महासंघको महाधिवेशन बुधबार

साझा प्रेस
450
Shares

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय महाधिवेशन बुधवार हुने भएको छ ।

वैशाख १७ र १८ गते काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने छन् ।

उद्घाटन सभामा २२ प्रकारका झाँकीसहित विभिन्न सांस्कृतिक प्रस्तुति रहने नवौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति संयोजक प्रेमनाथ अधिकारीले जानकारी दिए । केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सक्षम र सवाल नेतृत्व चयन गर्ने दाबी गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रचारप्रसार संयोजक अशोक राई (प्यासी) ले जानकारी दिए ।