घाइते पत्रकार कार्कीको उपचार व्यवस्था गर्न चौतारीको माग

साझा प्रेस
0
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आइतबार शिक्षकहरूको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शिक्षकहरूको अमर्यादित र उच्छृङ्खल प्रदर्शनका क्रममा पत्रकार कार्कीको दुवै आँखामा गम्भीर चोट लागे भन्दै संगठनले पत्रकारको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । 

कार्कीलाई प्रहरी आफैँले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको संगठनका महासचिव हीरामान लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी सञ्चारकर्मीमाथि भएको सो घटनाको  छानबिन गर्न चौतारीले माग गरेको छ ।

‘प्रेस चौतारी नेपाल घोर निन्दा एवं भर्त्सना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको सबै व्यवस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ साथै, समाचार सङ्कलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।