बाबुद्धारा धारिलो हतियार प्रहारबाट घाईते भएकी ५ बर्षिय बालिकाको निधन

नुतन श्रेष्ठ
4.5k
Shares
File Photo

गत बैशाख ४ गते आफ्नै बाबुद्वारा धारिलो हतियार प्रहारबाट घाइते भएकी ५ बर्षिया पवित्रा तामाङको आज उपचारका क्रममा निधन भएको छ ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं. ९ का चमकुमार तामाङले आफ्नै ५ बर्षिय छोरीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए । तथापि उनलाई तत्कालै गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौ ल्याईएको थियो । १० दिनको अथक उपचारको प्रयासहरु सबै असफल हुँदै आज पवित्राले यस धर्तिलाई छाडेको दुःखद खबर थुलुङदुधकोशी गाउँपालिकाका प्रमुख असिम थुलुङले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएका छन् ।

आफ्नो अबोध छोरीलाई धारिलो हतियार प्रहार गरी फरार भएका चमकुमार राई नेपाल प्रहरी तथा स्थानियले पक्राउ गरी हाल हिरासतमा नै रहेका छन् ।

उपचारका क्रममा निधन भएकी पवित्रा तामाङ प्रति साझा प्रेस परिवार दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।