पर्यटकिय सिजन व्यस्त बन्दै जाँदा खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने पर्यटकहरु हवाई तथा स्थलमार्ग हुँदै भित्रने क्रम बढेको छ ।
बिषेशतः हिमाल आरोहणको सिजन भनेर चिनिने अहिलको पर्यटकिय समयमा दिनमा नै एक हजार बढीको ओहोर दोहोर हुने गरेको छ । बिहिबार मात्रै खुम्बुपासाङल्हामू गाउँपालिकाको तेञ्जिङ हिलारी बिमानस्थलमा ९० वटा उडान भएका छन् । हेलिकोप्टर तर्फ ६६ तथा हवाई जहाज तर्फ २४ वटा उडान भएको बिमानस्थलका ईन्चार्ज जिनेशप्रसाद राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार सो उडानहरुबाट ४ सय ११ जना खुम्बु क्षेत्र भित्रिएका छन् भने ५ सय १३ जना खुम्बुबाट बाहिरिएका छन् । जसमा बिभिन्न देशका ३ सय बढी पर्यटक लुक्ला हुँदै सगरमाथा क्षेत्र तर्फ लागेका छन् ।
रामेछापस्थित मन्थली बिमानस्थलबाट निजी कम्पनीका हवाईजहाज तथा हेलिकोप्टरहरुले पर्यटकहरुलाई हवाई मार्गबाट लुक्ला पुर्याउने गर्दछ । त्यस्तै मौषमका कारण बिमान रद्ध भएमा सडकमार्ग हुँदै खुम्बु क्षेत्र पुग्ने पर्यटकको संख्या पनि उल्लेख्य रहेको छ । स्थलमार्ग प्रयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या पनि ५ सय भन्दा बढी रहेको पर्यटन व्यवसायीहरुले जनाएका छन् ।

प्रतिक्रिया