दुर्गा प्रसाईंलाई झापाबाट बिमान मार्फत काठमाडौं ल्याइने भएको छ ।
प्रसाईंलाई साढे ११ बजे बुद्ध एअर मार्फत चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको स्थानिय स्रोतले जानकारी दिएको हो ।
गत चैत्र १५ गते तिनकुनेमा राजवादी आन्दोलनका क्रममा मुख्य कमाण्डरको भुमिकामा रहेका प्रसाईं आन्दोलनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएर फरार थिए । सोही दिनबाट उनलाई पक्राउ गर्न खटिएको नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारतसम्म नै पुगेको थियो ।
फरार प्रसाईं भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको छ । उनिलाई काठमाडांैं ल्याएपछि कानुनी प्रक्रिया शुरु हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया