दुर्गा प्रसाईंलाई नेपाल ल्याउने भन्दै आफन्त र समर्थक पुगे मेची पुल

साझा प्रेस
900
Shares
File Photo

भारतमा पक्राउ परेका भनिएका दुर्गा प्रसाईंलाई नेपाल भित्र्याउन उनका आफन्त, शुभचिन्तक लगायतका टोली मेची पुलमा पुगेका छन् ।

यसअघि नै उनि नेपालमा नै पक्राउ परेको भनि आएका समाचार गलत भई भारतको आसामस्थित गुवाहिटी पुलिसले पक्राउ गरेको खबर बाहिर आए पछि उनलाई नेपाल ल्याउने भनि उनका आफन्त, कानुन व्यवसायी तथा पत्रकार सहितको टोलि सिमा क्षेत्र तर्फ लागेका हुन् ।

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लाग‍िएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली पनि नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेको बताईएको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।

यद्यपि उनलाई कति बजे कुन क्षेत्रबाट नेपाल ल्याउने भन्ने बारेमा स्पष्ट जानकारी भने कसैले पनि प्राप्त गर्न सकेको छैन ।