नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिका, सोलुखुम्बुको अध्यक्षमा बियस राई निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न पार्टीको दोस्रो गाउँ सम्मेलनबाट बियस राईको नेतृत्वमा ४५ सदस्य कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिए। निर्वाचित कमिटीको उपाध्यक्षमा युवराज राई, सरोज कटेल र लिली राई रहेका छन् । यस्तै सचिवमा बम प्रसाद बाँस्तोला, सह-सचिवमा युवराज राई र कोषाध्यक्षमा ओम कुमार राई निर्वाचित भए ।
आजै मुक्ति शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति, कृष्ण शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र कुल प्रसाद बास्तोलाको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरिएको छ ।
सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर), केन्द्रीय सदस्य गोम्बु शेर्पा(कर्ज्याङ), प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले संबोधन गरेका थिए ।
प्रतिक्रिया