कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष असिम राईले उक्त भवनको उद्घाटन गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
गाउँपालिकाको रु.१५ लाख अनुदान सहयोगमा उक्त भवन निर्माण गरिएको हो । भौगोलिक विकटताको कारण आधारभुत तह कक्षा ५ पूरा गरि थप अध्ययनको लागि एक घण्टा सम्म हिड्नुपर्ने विद्यार्थिको बाध्यता अन्त्य गर्ने हेतुले गाउँपालिकाको अनुमति पछि अहिले कक्षा ८ सम्म सञ्चालन भएको छ । कक्षा वृद्धि संंगै कक्षा कोठा समेत अपुग भएकाले भवनको लागि बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पालिका अध्यक्ष असिम राईले आवश्यकता अनुसार भौतिक पुर्वधार पनि निर्माण गरिरहेको बताए । आफ्नो नागरिकलाई सहज सेवा दिनुपर्छ भन्ने मान्यतामा प्रष्ट भएको भन्दै अध्यक्ष राईले नागरिकले समेत सोही अनुसार कर्तव्य पूरा गरेको खण्डमा विकासले पुर्णता पाउने बताए ।
आफू निर्वाचित भएपछि कक्षा थप संगै मर्ज समेत गरिएको भन्दै अध्यक्ष राईले कालिका आधारभुत विद्यालायले पेश गरेको माग पत्रबारे गम्भीर रहेको बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष सविता राईले आफुले सोही विद्यालयमा कक्षा १ देखि अध्ययन गरेको स्मरण गर्दै एसिईई परिक्षाको सेन्टर समेत रहेको पुर्वधारमा सम्पन्न हुनुपर्ने कुरामा प्रष्ट रहेको बताए ।
प्रतिक्रिया