प्रेस चौतारी नेपालले चैत्र १५ गते काठमाडौंमा राजावादीको आन्दोलनमा जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकका परिवारलाई क्षतिपूर्तिसहित दोषीलाई कडा कानुनी कारबाही गर्न र आन्दोलनकारीले तोडफोड गरी क्षति पुर्याएका सञ्चार गृहलाई क्षतिपूर्तिको माग गर्दै सरकरलाई ज्ञापन–पत्र बुझाएको छ ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ५ बुँदे ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्र बुझ्दै सञ्चारमन्त्री गुरुङले घटनाको सत्यतथ्य बुझी दोषीलाई कारबाही गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।
‘ कथित राजावादी समूहको नाममा मिति २०८१ चैत १५ गते काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका पत्रकारको ज्यान गुमेको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले नेपाली श्रमजीवी पत्रकारहरुको सवैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ ।प्रदर्शनका क्रममा भएका आतंकपूर्ण र हिंसात्मक घटनाले सिंगो सञ्चार क्षेत्र त्रसित र मर्माहत भएकाले माननीय सञ्चारमन्त्रीज्यूमार्फत नेपाल सरकारसमक्ष प्रेस चौतारी नेपालका तर्फबाट निम्नानुसार ध्यानाकर्षणसहित कडा कदम चाल्न यो ज्ञापन–पत्र पेश गरेका छौं,’ ज्ञापन–पत्रमा भनिएको छ ।


प्रतिक्रिया