अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सोलुखुम्बुले झण्डै तीन सय विद्यार्थीहरुलाई कलम उपहार दिएको छ ।

आजबाट सुरु भएकाे एसईई परीक्षामा सहभागी हुन आएका जनजागृती माध्यमिक र जनजागृति आधारभूत विद्यालय केन्द्रका परीक्षार्थीहरुलाई परीक्षा सफलतापूर्वक सम्पन्न गर्न शुभकामनासहित कलम उपहार दिएको हो।
एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुलाई उर्जा, हाैसला र प्रेरणा मिलाेस भन्ने उद्देश्यका साथ परीक्षा सुरु हुनुअघि अविर लगाई दिएर कलम उपहार दिएर परीक्षा सफलताकाे शुभकामना दिईएकाे जिल्ला सम्मेलन आयोजक समितिका संयोजक नरेन्द्र कुलुङले जानकारी दिएकाे छ।
सो अवसरमा नेकपा एमाले, सोलुखुम्बुका सचिव कल्पना राई, पूर्ब विद्यार्थी नेताहरु वीर उदास श्रेष्ठ, दीपक राजभण्डारी, वडा नं ५ का वडाध्यक्ष मिङमार तामाङ, वडा नं ४ का वडाध्यक्ष युवास तामाङ तथा युवा संघ सोलुखुम्बुका अध्यक्ष किशोर कट्वाल, जिल्ला नेता धन कुमार विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
कुलुङले परीक्षामा सहभागी विद्यार्थीहरुको सफलताका लागि शुभकामना समेत व्यक्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित यस बर्षको एसईई परीक्षा आजबाट सुरु भएको छ ।
प्रतिक्रिया