एमाले सोलुखुम्बुको जरा केन्द्रित अभियानले तिब्रता पायो

साझा प्रेस
650
Shares

नेकपा एमाले, सोलुखुम्बुले माप्यदुधकोशी गाउँपालिकाको बिभिन्न ५ वटा वडामा वडा अधिवेशन सहित जरा केन्द्रित अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

माप्यदुधकोशी गाउँपालिका कमिटीको आयोजनामा वडा नं. १, ३, ४, ६ र ७ मा अधिवेसन सहित जरा केन्द्रित अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको जिल्ला कमिटी उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख शिशिर खालिङले जानकारी दिए । खालिङका अनुसार वडा अधिवेशनले वडा नंं. १ मा उत्रबहादुर राई, वडा नं. ३ मा निरकुमार राई, वडा नं. ४ मा विकास राई, वडा नं. ६ मा दलबहादुर राई तथा वडा नं. ७ मा परशुराम राईको अध्यक्षतमा वडा कमिटी बिस्तार भएको छ ।

बाँकी रहेको २ वटा वडामा चाँडै नै अधिवेशन सम्पन्न गरि अभियान समेत संचालन गर्ने गाउँपालिका कमिटीको योजना रहेको छ ।

यसैबिच सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ मा नेकपा एमाले सम्बद्ध भातृ गठन युवा संघको वडा कमिटी बिस्तार भएको छ ।

नेकपा एमालेको वडा स्तरीय जरा केन्द्रित तथा अनुशिक्षण कार्यक्रमका क्रममा सरोज बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको हो । सोही कार्यक्रममा अनिता कार्कीको अध्यक्षतामा २८ सदस्यिय अखिल नेपाल महिला संघ, वडा कमिटी समेत गठन गरिएको वडा कमिटी अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार अनुशिक्षण कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सचिव कल्पना राई, सोदुधकुण्ड नगर कमिटी अध्यक्ष दिपक राजभभण्डारी लगायतका जिल्ला स्तरिय नेताहरुको उपस्थितीमा सम्पन्न भएको हो ।