ठोट्ने खोलामा मोटरेबल पुल बन्ने भएपछि नेचासल्यानबासीमा खुशियाली

पहलकदमिका लागि रक्षामन्त्रीलाई धन्यवाद व्यक्त

साझा प्रेस
16.9k
Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई सहज सडक पहुँच पुर्‍याउने गैरी-नेचा सडक खण्डको ठोट्ने खोलामा मोटरेबल बेलि ब्रीज निर्माणका लागि सर्भे कार्य पूरा भएको छ ।

चालू आर्थिक बर्षमा नै निर्माण कार्य सप्पन्न गर्ने गरि रक्षा मन्त्री मानवीर राईको पहलमा नेपाली सेनाको प्राबिधिक टोलि ठोट्ने खोला पुगि सर्भे गरेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बेलि ब्रीज निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग मन्त्री राईले समन्वय गरि नेपाली सेनाको प्राबिधिक टोलि खटाउन निर्देशन दिएका थिए ।

काठमाडौबाट ओखलढुंगा हुँदै नेचासल्यान जाने सिधा सडकको ठोट्ने खोलामा पुल नहुदा बर्षातको समयमा बाढी यातायात पुर्णरूपमा अबरुद्ध हुने गरेको थियो । चालू आ. ब. मा नै पुल निर्माण हुने भएपश्चात स्थानीयमा खुसियाली छाएको कार्यबाहक वडा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ बताए ।

उनले यो महत्त्वपूर्ण पहलकदमी गर्नुहुने रक्षामन्त्री मनवीर राई, सम्बन्धित मन्त्रालय तथा नेपाली सेनाका प्राबिधिक टोलिलाई धन्यवाद समेत प्रकट गरेका छन्।