महाकुलुङ गाउँपालिका वडा नं. ५ गुदेलमा सकारात्मक सहभागितात्मक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
पालिका स्तरिय १० बर्षिय पर्यटन विकास योजना निर्माणका लागि अहिले वडा स्तरिय गोष्ठी तथा छलफलहरु संचालन गरिन थालिएको हो । सो गोष्ठी द ग्रेस हिमालयन ट्रेल परियोजनाको प्रायोजन तथा महाडी विकास संरक्षण नेपाल, बुङको आयोजनामा सम्पन्न भएका वडाका कार्यवाहक अध्यक्ष सुर्यकुमार कुलुङले जानकारी दिए ।
कार्यक्रममा वडा स्तरिय पर्यटनका सम्भावना, आगामी दिनमा गर्नुपर्ने पर्यटन विकाससँग सम्बन्धित विकासका कार्य, पर्यटन प्रबद्र्धनका योजना निर्माण लगायतका बिषयमा छलफल भएको छ । कार्यक्रममा स्थानिय पर्यटन व्यवसायी, होटल, कृषि लगायतका क्षेत्रमा कार्य गर्दै आएकाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया