सोलुखुम्बु । महाकुलङ गाउँपालिकाको पर्यटन विकास गुरुयोजनाले तिब्रता पाएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पुर्ण पर्यटकिय, धार्मिक एवं सांस्कृतिक क्षेत्रको बिस्तृत बिवरण सहितको गुरुयोजना निर्माण गर्ने लक्ष्य लिएर कार्य प्रारम्भ गरेको हो । यस योजनाका लागि चालु आर्थिक बर्षमा पालिकाले १० लाख रुपैंया बजेट बिनियोजन गरेको छ ।
गुरुयोजना निर्माणको जिम्मेवारी पाएको एडमायर मल्टीसर्भिस कम्पनी प्रा.लि. को सहजिकरणमा अहिले वडा स्तरिय छलफल एवं तथ्याङ्क संकलनको कार्य भईरहेको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए ।
वडा स्तरिय कार्यशालाका क्रममा आवश्यकता र स्रोतहरुको पहिचान, उपलब्धता एवं सम्भाव्यता अध्ययन, स्थलगत अवलोकन भ्रमण, परम्परागत संस्कार संस्कृति, प्राकृतिक तथा धार्मिक क्षेत्रहरुको खोजी गरिने कम्पनीका महासचिव भरत केशीले जनकारी दिए ।
कार्यशाला मार्फत सङ्कलित तथ्याङ्क, जानकारी एवं योजनासँग सम्बद्ध बिषयालाई दस्तावेजीकरण गर्दै प्रचारप्रसार एवं अन्य कार्यक्रम मार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणका लागि आकर्षित गरिने अध्यक्ष कुलुङले जानकारी दिए ।
प्रतिक्रिया