नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फागुन १९ गतेदेखि सुरु भएको जिल्ला स्तरीय प्रशिक्षण बुधबार आज सम्पन्न भएको हो ।
जिल्लाका नेता, कार्यकर्ता तथा जनसंगठनलाई पार्टीका विषयमा जानकारी दिने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालिको प्रमुख आतिथ्यतामा सुरु भएको प्रशिक्षणमा नेकपा एमाले पोलिटव्यूरो सदस्य इश्वरी रिजाल, पुर्व सांसद पर्शुराम मेघि गुरुङ, केन्द्रिय पार्टि स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्य एवं नेकपा एमाले केन्द्रिय सदस्य सिर्जना काफ्ले, किशोर अधिकारी लगायतले प्रशिक्षण गराए ।
प्रशिक्षणमा नेकपा एमालेका उपमहासचिव ज्ञवालिले दशौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा, समाजवादको आधार निर्माण, समाजवाद निर्माणमा एमालेको पहल, नेपालमा भएका राजनीतिक पार्टिहरुको अवस्था, अर्थनीति, परराष्ट्र नीति, नव उदारवाद लगायतका विषयमा जानकारी दिए ।

उपमहासचिव ज्ञवालिले प्रशिक्षणका क्रममा नेकपा एमालेले राष्ट निर्माणमा महत्वपूर्ण कार्यहरु गरेको बताउँदै लोककल्याणकारी राज्य निर्माण, संविधान निर्माण, भूकम्प पछिको पुननिर्माण, सामाजिक न्याय र सुरक्षा सुशासनमा नेकपा एमालेको नेतृत्वदायि भूमिका रहेको बताए ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य इश्वरी रिजालले माक्र्सवादि दृष्टिकोणको विषयमा प्रशिक्षण गराउँदै समाज निर्माणमा दृष्टिकोण, अर्थतन्त्र, समाज र राजनीति अपरिहार्य रहने उल्लेख गरे ।
प्रशिक्षणका क्रममा पुर्व सांसद पर्शुराम मेघिले राज्य सञ्चालनमा संघियता र कार्यान्वयनको अवस्था, संविधान कार्यान्वयनको अवस्था, संविधान कार्यान्वयनका चुनौति र पहलको विषयमा प्रशिक्षण गराएका थिए । उनले संविधान कार्यान्वयनको अवस्थाको विषयमा संघ प्रदेश र स्थानीय तहको साझा अधिकार भएको एक मात्र देश नेपाल रहेको बताउँदै संसारभर ४० प्रतिशत मुलुकहरु संघिय संरचनामा सञ्चालन भइरहेको जानकारी दिए ।
केन्द्रिय स्कुल विभागका सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति, सीप र शैलिको विषयमा प्रशिक्षण गराए । समग्र प्रशिक्षणको सहजिकरण गरेका सचिव कोइरालाले सिप सिकेर मात्र नहुने त्यसको प्रयोगले मात्र मानिसलाई श्रृजनात्मक बनाउने बताए ।
पार्टी स्कुल बिभागका सदस्य श्रृजना काफ्लेले पार्टीको काममा सूचना प्रविधिको प्रयोगको विषयमा प्रशिक्षण दिईन । उनले अहिलेका युग डिजिटल युग भएकाले यस प्ल्याटफर्मका आएका सबै नयाँ प्रविधिको प्रयोग सकारात्मक ढंगबाट गर्न सिक्नु पर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, कोशी प्रदेशका पूर्व राज्यमन्त्री उत्तम कुमार बस्नेत, जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले समेत प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागि १ सय १५ जनालाई प्रमाण पत्र प्रदान गरिएको नेकपा एमाले, सोलुखुम्बुका सचिव कल्पना राईले जानकारी दिईन् ।
सहभागिको तर्फबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासा कटवाल र सचिवालय सदस्य लक्ष्मी कार्कीले केन्द्रिय स्तरको प्रशिक्षकहरुबाट प्रशिक्षण लिन पाएको बताउँदै खुशी ब्यक्त गरे ।
प्रतिक्रिया