समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि कार्यशाला थुलुङमा सुरु

साझा प्रेस
650
Shares

थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बुमा चार दिने समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।

रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा उक्त गोष्ठी सुरु भएको रिड नेपालका शिक्षा विकास संयोजक केसब देव गिरिले जानकारी दिए।

पालिकाको सभाहलमा जारी गोष्ठीको विहिबार उद्घाटन गर्दै पालिका प्रमुख असिम राईले समावेशी शिक्षा आजको आवश्यकता रहेकाले व्यावहारिक रुपमा पनि लागु गर्न पालिका पर्यत्नाशील रहेको बताए । विकासको मेरुदण्ड शिक्षा क्षेत्र भएकोले आफ्नो पहिलो प्राथमिकता शिक्षा शिक्षा क्षेत्र र त्यसपछि मात्र अन्य क्षेत्र रहेको बताउदै विगत देखि नै शिक्षा सुधारका लागि रीड नेपालसंग सहकार्य गर्दै अनेकौ प्रयास गर्दै आइरहेको जनाए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले यो कार्यशाला शैक्षिक सुधारका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै समावेशी शिक्षाका बाधाहरूलाई चिर्दै अगाडी बढ्नुपर्ने बताए।

गोष्ठीमा पालिका भित्रका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुख तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु सहित २९ जनाको सहभागिता रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।