आज सुनको मुल्य बढ्यो चाँदीको घट्यो

साझा प्रेस
300
Shares

आज सुनको मुल्यमा प्रति तोला ५ सय रुपैंयाले बढेको छ भने चाँदीमा प्रतितोला १५ रुपैंयाले घटेको छ ।

सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्र्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।