क्यानाडाकोमा विमान पल्टिँदा १९ जना घाइते

३ जनाको अवस्था गम्भीर

साझा प्रेस
900
Shares

क्यानाडाको टोरण्टो पियर्सन विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन्।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको यहाँका सन्चार माध्यमहरुले बताएका छन।मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ। ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सवा २ बजे दूर्घटना भएको हो।

क्यानाडाको विमानस्थलहरुको तुलनामा धेरै यात्रुहरू ह्यान्डल गर्ने सो विमानस्थल सो घटना पछि करिब साढे दुई घण्टाको लागि बन्द भएको थियो।दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ। क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ।

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीर रुपमा नजिकबाट नियालिरहेको बताएकि छन् ।