प्रायःको घरमा प्रेसर कुकर प्रयोग हुने सबैभन्दा सामान्य भान्साको उपकरण हो । छिटो खाना बनाउनका लागि प्रेसर कुकरको प्रयोग गरिन्छ । यो उपकरणले मानिसहरूको जीवन धेरै मात्रामा सजिलो बनाएको छ ।
तर, प्रेसर कुकरमा केही प्रकारका चीजहरू पकाउनु स्वास्थ्यका लागि हानिकारक मानिने सम्बन्धीत विज्ञहरु बताउछन्। प्रेसर कुकरमा केही चीजहरू पकाउँदा स्वाद र लुक मात्र बिगार्ने होइन, स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ।
त्यसैले जानौंः प्रेशर कुकरमा कुन–कुन चीजहरू पकाउनु हुँदैन ?
पास्ता
पास्ता बनाउन कुकर प्रयोग गर्नु हुँदैन। प्रेसर कुकरमा पास्ता धेरै पकाउने जोखिम हुन्छ र परिकार स्वादहीन हुन सक्छ।

डेरी उत्पादन
दूध, दही र क्रीम जस्ता चीजहरू प्रयोग गरी बनाइएका परिकारहरू पनि प्रेसर कुकरमा पकाउनुहुँदैन । यी चीजहरू पकाउनको लागि गर्मीलाई नियन्त्रण गर्न धेरै आवश्यक छ र प्रेसर कुकरमा तातो धेरै हुन्छ, जसले गर्दा भाँडा बिग्रने खतरा हुन्छ।

माछा
माछाबाट बनेको परिकार पनि प्रेसर कुकरमा पकाउनु हुँदैन । प्रेसर कुकरमा माछा पकाउँदा यसमा पाइने पोषक तत्त्व र ओमेगा–३ फ्याटी एसिड नष्ट हुन्छ र माछालाई खानामा समावेश गर्दा फाइदा हुँदैन । यस्तो अवस्थामा प्रेसर कुकरमा माछा पकाएर खाँदा कुनै फाइदा हुँदैन ।

आलु करी
प्रेसर कुकरमा आलुको करी बनाउनु हानिकारक हुन सक्छ। प्रेसर कुकरमा हुने अत्यधिक गर्मीले आलुमा रहेको प्राकृतिक चिनीलाई थप तताउँछ, जसले यसको पोषक तत्त्वहरू घटाउँछ। यसका साथै उमालेको आलुमा उच्च मात्रामा एन्टि न्यूट्रिएन्ट्स हुन्छ, जसले शरीरलाई उचित पोषकतत्व प्रदान गर्न सक्दैन ।

सिमी
सिमीमा लेक्टिन पाइन्छ र यो केही हदसम्म विषाक्त पदार्थ हो। यदि यसलाई राम्ररी पकाउन सकिएन भने पाचन सम्बन्धी समस्या हुने खतरा हुन्छ । प्रेसर कुकरमा सिमी पकाउनबाट जोगिनु पर्छ।

प्रतिक्रिया