किन मनाईन्छ रोज डे ? यस्तो छ कारण

नुतन श्रेष्ठ
1k
Shares

आज फेब्रुअरी ७ लाई भ्यालेन्टाइनको पहिलो दिनको रुपमा मनाइन्छ । यसदिन लाई ’रोज डे’ भन्ने गरिन्छ।

आजको दिनमा आफ्ना प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्ति अर्थात् क्रसलाई प्रेम दर्शाउन गुलाबको फूल दिने गरिन्छ । त्यसैले, रातो गुलाफलाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ। विशेषगरि प्रेमीप्रमिकाहरूको लागि आजबाट सुखद सप्ताह अर्थात् भ्यालेन्टाइन सप्ताह सुरु भएको छ ।

आजको दिनबाट सात दिनसम्म आफ्ना प्रेमीरप्रेमिकालाई दिनहुँजस्तो विभिन्न तरिकाले प्रेम दर्शाउने गरिन्छ ।

खास किन मनाइन्छ रोज डे ?

विशेषगरि आज रोज डेको दिनमा आफ्नो मनपर्ने मानिससँग आफ्नो प्रेम व्यक्त गर्ने दिन पनि भनिन्छ। गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीकको रूपमा मानिन्छ ।

इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ । उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे ।

अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे ।

विभिन्न रङका गुलाफहरूले फरकफरक अर्थ राख्ने गर्दछन् ।

यो पनि पढ्नुहोस्