आवासिय चिकित्सकहरुले आज पनि सेवा अवरुद्ध गर्ने

साझा प्रेस
0
Shares

आज पनि आवासीय चिकित्सकहरुले आन्दोलन जारी राख्ने भएका छन् । मंगलबार बहिरंग सेवा ठप्प पारेका उनिहरुले आज आकस्मिक बाहेकका सबै सेवामा सहभागि नहुने जनाएका छन् ।

सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

बिगत ८ दिनदेखि निरन्तर आन्दोलनरत चिकित्सकहरुले आफ्नो मागका बिषयमा सरकार गम्भिर नभएकाले थप सशक्त बन्नु परेको उनिहरुको भनाईछ । स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।