पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्वमा भेटघाट तिव्र

साझा प्रेस
300
Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको बताएकि छिन्।


शुक्रबार धरानमा नेकपा एमालेका नेताहरूसँगको भेटघाटमा भण्डारीले अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको बताएकी हुन् । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले सोच्नु पर्नेमा भण्डारीले जोड दिईन् ।


राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उनले अपिल गरिन् ।


नेपाल जस्तो भौगोलिक अवस्थितिमा छ, त्यस हिसाबले नेपाली अति गौरवशाली र भाग्यमानी भएका प्रति पूर्वराष्ट्रपति भन्डारीले खुसी व्यक्त गरिन् । एकातिर ठुलो विकसित देश चीन छ, अर्कोतिर छिमेकी मित्रराष्ट्र भारत छ, दुवै देशले धेरै विकास गरेका छन्, यसबाट नेपालले लाभ लिनु पर्छ’, उनले भनिन् ।


कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, कवयित्री कुन्ता शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।